Current Activities

14 March 2009, यती लन्डन वेलफेयर फाउण्डेशनद्वारा खरिद आफ्नै भवनको  औपचारिक
उद्घाटन भएको छ । भवन नेपाली राजदुत मुरारीराज शर्मा र ग्रीनवीच बरो अफ लन्डनका
मेयर काउन्सिलर स्टिभ अफोर्डले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । फाउण्डेशनले यसलाई
नेपाली समुदायको पहिलो 'कम्युनिटी हाउस' भनेको छ । चाल्टन भिलेज, लन्डनमा
अवस्थित ग्यारेज र गार्डेन सहितको फोर बेडरुम सेमी डिट्याच्ड भवन २ लाख ५०
हजार पाउण्डमा खरिद गरिएको हो ।


भवन उद्घाटनपछि राजदुत शर्माले फाउण्डेशनको यस सर्‍हाहनीय कामप्रति प्रशंसा गर्दै यसले
अन्य वृहत समुदायसंग नेपाली समुदायको सम्बन्ध अरु प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।
कार्यकाल सकिएर नेपाल र्फकने तयारी गरिरहेका शर्माले भविष्यमा लन्डन आउँदा सो हाउस
कम्युनिटी सेन्टरमा परिवर्तन भएको हेर्न पाउ भन्ने कामना समेत गरेका थिए ।

मेयर स्टिभ अफोर्डले पनि फाउण्डेशनको यस कदमको खुलेर प्रशंसा गरे । यो सानो शुरुवात
भएपनि कालान्तरमा यसलाई अझ विस्तार गरि अन्य समुदायमाझ संस्कृति, सम्पदा
आदानप्रदानमा ठूलो योगदान गर्न सकिने बताए । ग्रीनवीचमा विविध समुदाय रहेकोमा
खुशी व्यक्त गर्दै मेयर स्टिभले नेपाली समुदाय पनि त्यसको एउटा भाग भएकामा प्रशन्नता
व्यक्त गरे ।


उद्घाटन समारोहका सभापति एवं फाउण्डेशन अध्यक्ष डा. राघवप्रसाद धिताल -ओविइ)
ले सो 'यती नेपाली हाउस' लाई सबै नेपालीले सदुपयोग गर्न सक्ने र त्यो सबैको साझा
सम्पति भएको बताए । यसअघि नेपालीको घना वस्ती भएको पश्चिमी लन्डनमा भवन
खरिद गर्ने योजना रहेपनि प्रोपर्टि महंगो हुने हुँदा ग्रीनवीचमा लिइएको डा. धितालको प्रष्टोक्ति
थियो ।

सन् १९९७ मा च्यारिटी कमिशनमा दर्ता भएको फाउण्डेशनले विभिन्न चन्दादाताहरुबाट भवन
खरिदका लागि हालसम्म एक लाख ७ सय ३५ पाउण्ड ७२ पेन्स् संकलन गरेको जनाउँदै
डा. धितालले भवन खरिदका लागि सहयोग गर्ने समस्त नेपाली, विभिन्न नेपाली तथा
विदेशी संघसंस्था र शुभचिन्तकहरुमा आभार समेत व्यक्त गरे । 'यसमा समस्त नेपालीको
पसिना छ, म उहा"हरुप्रति कृतज्ञ छु'-समाजसेवी चिकित्सक डा. धितालले भने-'हामीले
यसलाई भविष्यमा कम्युनिटी सेन्टरकै रुपमा रुपान्तरण गर्ने सोच लिएका छौं ।'


नेपाली समुदायलाई लाभदायक हुने गरि ग्रीनवीच बोरोसंग अनुमति लिएर फराकिलो गार्डेन
मिटिङ हल वा अन्य संरचना बनाइने पनि डा. धितालको भनाई छ । 

भवन खरिदका क्रममा ३० प्रतिशत भुक्तानी भइसकेको र बाँकी मोर्गेज भाडामा दिएर क्रमशः
चुक्ता गर्दै लगिने फाउण्डेशनले जनाएको छ । 

फाउण्डेशनका ट्रष्टी मदनबहादुर थापाले सञ्चालन गरेको सो कार्यक्रममा थापाले कार्यक्रम शुरु
हुनुअघि सारङीमार्फ मंगल धुन बजाएर मन्त्रमुग्ध पारेका थिए ।


कार्यक्रममा फाउन्डेशन उपाध्यक्ष हरिसिंह थापाले अतिथिहरुलाई आसन ग्रहण गराएका थिए
भने भवन खरिदका लागि विगत देखि नै सक्रिय महिला पिपला देवानले उनीहरुलाई व्याच
वितरण गरेकी थिइन् ।